बिर्तामोड चिल्ड्रेन हस्पिटलको तेस्रो स्थापना दिवस मनाइयो

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

झापा/बिर्तामोड–१ स्थित बिर्तामोड चिल्ड्रेन हस्पिटलले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ। अस्पतालले आफूले प्रदान गर्दै आएको सेवा सुविधाबारे पत्रकारहरुलाई जानकारी दिँदै यस अवसरलाई विशेष रुपमा मनाएको हो।

अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डा. रुपक आचार्यले बालबालिकाको लागि विशेष अस्पतालको आवश्यकतालाई सम्बोधन गर्दै २०७९ असोज १० गतेबाट सेवा सुरु गरेको अस्पतालले हालसम्म १५ शैय्यासहित १ भेन्टिलेटर, ४ एनआइसियु, ५ पिआइसियु र ५ नर्मल बेडको व्यवस्था गरेको बताए।

तेस्रो वर्ष पूरा गरेको अवसरमा अस्पतालले बितेको एक वर्षको सेवाको तथ्यांक प्रस्तुत गर्‍यो, जसअनुसार २ हजार ७५१ बालबालिकाले ओपिडी सेवा, १ हजार ७४ ले इमरजेन्सी सेवा, र २ हजार १७८ जनाले अस्पतालमा भर्ना भएर उपचार सेवा लिएका थिए।

कार्यक्रममा डा. आचार्यले अस्पतालले विशेषगरी मेनेन्जाइटिस, मुटुको रोग, दिमागमा अक्सिजनको कमि, बाथ रोग, र मृगौलाका जटिल समस्या भएका बालबालिकाको उपचारमा विशेष ध्यान दिएको जानकारी गराए। अस्पतालले प्रत्येक बिहीबार मुटुका समस्या भएका बालबालिकाका लागि विशेषज्ञ सेवाको पनि व्यवस्था गरेको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले स्वागत मन्तव्य दिएकी थिइन् भने अध्यक्षता लीला मैनालीले गरेकी थिइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]