विराटनगर विमानस्थलको उडान प्रभावित, अविरल वर्षा निरन्तर

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

विराटनगर/ विराटनगरमा निरन्तर भइरहेको वर्षाका कारण विमानस्थलको उडान पूर्ण रूपमा प्रभावित भएको छ। मौसम खराब रहेको कारणले आज बिहानदेखि कुनै पनि विमानले उडान तथा अवतरण गर्न सकेको छैन, विमानस्थल कार्यालयले जनाएको छ। हिजोदेखि सुरु भएको अविरल वर्षा निरन्तर जारी रहेको छ जसले गर्दा विराटनगरका विभिन्न ठाउँमा पानी जम्न थालेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, पछिल्लो २४ घण्टामा विराटनगरमा १५१ मिलीमिटर वर्षा भएको छ। देशभर पाँच स्थानमा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ, जसमा सप्तरीको कञ्चनपुरमा सबैभन्दा धेरै वर्षा भएको छ भने विराटनगर दोस्रो स्थानमा रहेको छ।

वर्षाका कारण विमानस्थलको सेवा प्रभावित भएपछि यात्रुहरू समस्यामा परेका छन् भने स्थानीय क्षेत्रमा पनि बाढी र जलमग्नको समस्या बढ्न थालेको छ। मौसममा सुधार नआएसम्म उडान सेवा पुन: सुरु गर्न कठिनाई हुने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]