कोशी प्रदेशमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य, २०८२ साललाई पर्यटन वर्षको रूपमा मनाइने

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

विराटनगर / कोशी प्रदेश सरकारले २०८२ सालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ तयारी सुरु गरेको छ। मन्त्री परिषद्को हालैको बैठकले २०८२ साललाई पर्यटन वर्षको रूपमा मनाउने निर्णय गर्दै त्यसका लागि व्यापक योजना अघि सारेको हो। ४५औं विश्व पर्यटन दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यो घोषणा गरेको हो।

प्रदेश सरकारले २०८२ सालका लागि पर्यटन वर्ष कार्यक्रमलाई सफल बनाउन आर्थिक वर्ष २०८१/८२ को बजेटबाट १० करोड रुपैयाँ विनियोजन गरेको छ। पर्यटन वर्षको शुभारम्भ २०८२ साल बैशाख १ गते तेह्रथुम जिल्लाको तीनजुरे मिल्केमा विशेष समारोहको आयोजना गरेर गरिने योजना छ। यस कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री कार्कीले विशेष गरेर भारतको सिक्किम र बिहारबाट पर्यटक भित्र्याउने योजना रहेको बताउँदै, यसले प्रदेशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे। साथै, भारतबाट आउने पर्यटकका सवारी साधनमा टाँसिने सुरक्षा जाँच स्टिकर पनि सार्वजनिक गरिएको छ, जसलाई प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङलाई हस्तान्तरण गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको सुझाव दिए। पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले २०८२ मा ८२ पर्यटकीय स्थलको अवलोकन गराइने जानकारी दिए।

यस कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशराज भण्डारी, प्रदेश सभामुख अम्मरबहादुर बिष्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, र सामाजिक विकास मन्त्री पाँचकर्ण राईलगायतको उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]