रतुवामाईमा एक वृद्धालाई खोलाले बगाएको आशंका

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

मोरङ/ मोरङको रतुवामाई नगरपालिकामा ७२ वर्षीया वृद्धा डुरोदेवी राजवंशीलाई रतुवा खोलाले बगाएर बेपत्ता बनाएको आशंका गरिएको छ। इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीका अनुसार आज दिउँसो वृद्धा खोलाले बगाएको सूचना प्राप्त भएको हो।

रतुवामाई–७ सिजुवा निवासी राजवंशीको परिवारले प्रहरीमा लिखित निवेदन दिएका छन्। स्थानीयबासीले वृद्धालाई खोलाले बगाएको जानकारी गराए पनि यकिन हुन भने बाँकी रहेको प्रहरी निरीक्षक अधिकारीले बताए। “खोलाले बगाएको भन्ने खबर प्राप्त भएको छ, तर पक्का भइसकेको छैन। खोजीकार्य जारी छ,” उनले भने।

प्रहरीका अनुसार, मानसिक सन्तुलन ठिक नभएकी राजवंशी यसअघि पनि घरबाट निस्किएर हिँड्ने गरेकी थिइन्। उनी असोज ९ गतेदेखि हराइरहेकी थिइन् र परिवारले खोजी गरिरहेका थिए। हाल खोजी कार्यलाई तीव्र बनाइएको छ।

सम्बन्धित निकायले स्थानीय बासिन्दाको सहयोगमा खोजीकार्यलाई निरन्तरता दिइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]