कोशीमा उच्च खतरा, ५६ वटै ढोका खोलियो

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १२, २०८१

विराटनगर/सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ। केही बेरअघि गरिएको मापनअनुसार कोशी ब्यारेज भएर ४ लाख १९ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ। पानीको निकासका लागि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन्।

ब्यारेज प्रशासनले यो पानीको बहावलाई उच्च खतराको अवस्था घोषणा गरेको छ, र यसले निकटवर्ती क्षेत्रहरूमा बाढीको जोखिम बढाएको छ। पानीको बहाव अझै बढ्ने क्रममा रहेको हुँदा स्थानीयबासीलाई सतर्क रहन अनुरोध गरिएको छ।

ब्यारेज क्षेत्रमा सर्तकता र सुरक्षाका उपायहरू अपनाउन स्थानीय प्रशासनले विभिन्न निकायहरूलाई परिचालन गरेको छ। कोशी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]