सप्तकोशीमा पानीको बहाब बढ्दा कोशी ब्यारेज भएर आउजाउ बन्द

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १२, २०८१

विराटनगर / सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेसँगै कोशी ब्यारेज भएर मानिस तथा सवारी साधनको आवतजावतमा रोक लगाइएको छ। पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि प्रशासनले तत्कालका लागि यस्तो निर्णय गरेको हो।

पछिल्लो जानकारी अनुसार, कोशी ब्यारेजमा ५ लाख ३१ हजार क्यूसेक पानी बगिरहेको छ। पानीको सतह निकै उच्च भएकोले कोशी ब्यारेजका सबै ५६ ढोका खुला गरिएको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले खतराको संकेत पार गरेपछि मानवीय सुरक्षा सुनिश्चित गर्न यस्तो कदम उठाइएको बताए।

शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेज क्षेत्र भएर मानिस र सवारी साधनको आवागमन बन्द गरिएको सुनसरी जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरेको छ।

यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोलीले कोशी ब्यारेजको अनुगमन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]