विराटनगर वडा नं. ८ मा हात्ती पाईले रोग नियन्त्रणका लागि रक्त परीक्षण अभियान सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १२, २०८१

विराटनगर/ विराटनगर महानगरपालिका वडा नं. ८ मा हात्ती पाईले रोग नियन्त्रण तथा चेकजाँचका लागि एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। किट जन्य रोग संक्रमण तथा नियन्त्रण केन्द्र हेटौंडा, आईटीआई र विराटनगर महानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, प्रहरी, स्वयमसेवकहरू र वडा अध्यक्ष राम पोखरेलको उपस्थिति थियो।

यस कार्यक्रममा हात्ती पाईले रोगको नियन्त्रण र रोकथामका लागि वडा नं. ८ मा व्यापक अभियान सञ्चालन गरिने जानकारी दिइयो। किट जन्य रोग संक्रमण तथा नियन्त्रण केन्द्र हेटौंडाका ल्याब टेक्निशियन राम बालक यादवका अनुसार, मंगलबारका दिन स्वयमसेवकको सहयोगमा २० वर्षभन्दा माथिका १०५ जनाको रक्त परीक्षण (सेम्पल) लिने योजना छ।

कार्यक्रमको रुट देवकोटा चोकबाट सुरु भई सप्तकोशी, समता चोक, हाटखोला चोक, कारागार, बालगोपाल टोल, वृद्ध आश्रम हुँदै अशोक चोकसम्म रहने छ। यस अभियानको सुरुवातमा २५औं घरमा चेकजाँच सुरु गरेर ४०औं घरमा पुगी चेकजाँच गर्ने जानकारी पनि यादवले दिएका छन्।

वडा अध्यक्ष राम पोखरेलले आफ्नो वडा भित्र हात्ती पाईले रोगको रोकथामका लागि महानगर तथा संस्थाको यस प्रयासमा पूर्ण सहकार्य गर्न तयार रहेको बताए। उनले वडा प्रहरी कार्यालयले पनि यस अभियानलाई सफल बनाउन आवश्यक सहयोग गर्ने जानकारी गराए।

मोरङ जिल्लाका ९० वटा वडामा यसरी हात्ती पाईले रोग नियन्त्रणका लागि चेकजाँच कार्य भइरहेको छ। यस अभियानले रोगको लोकल ट्रान्समिशन रोक्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]