कोशी प्रदेशमा बाढी र पहिरोका कारण १३ जनाको मृत्यु, ८ बेपत्ता

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर/ लगातारको बाढी र पहिरोले कोशी प्रदेशमा जनधनको ठूलो क्षति पुर्‍याएको छ। शनिबार रातिसम्मको तथ्यांकअनुसार १३ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। ती बेपत्ताहरूको खोजी कार्य जारी रहे पनि हालसम्म उनीहरूको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

कोशी प्रदेशका हिमाली जिल्ला सोलुखुम्बुमा पाँच जनाले ज्यान गुमाएका छन्। पाँचथरमा पनि पाँच जनाको मृत्यु भएको छ भने धनकुटामा दुई जनाले र इलाममा एक जनाले ज्यान गुमाएका छन्। सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाका विभिन्न स्थानमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो। यस्तै, पाँचथरमा पहिरोका कारण पाँच जनाको ज्यान गएको छ।

धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–५ मा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने इलामको माई नगरपालिका–८ मा बाढीले बगाएर एक जनाको ज्यान गएको छ। झापा र मोरङमा बाढीका कारण तीन जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार लगातारको झरीका कारण पहिरो खस्दा र बाढी आउँदा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको छ। पहिरो र बाढीको प्रभावले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ। स्थानीय प्रशासन, प्रहरी, र सेना उद्धार कार्यमा खटिएका छन् भने सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरिएको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]