धनकुटामा बाढीले पुरिएका दुई महिलाको शव भेटियो, थप एक शव तमोर नदीमा फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

धनकुटा। धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा क्षेत्र, लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए अनुसार, छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण तमोर नदीमा आएको बाढीले छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने प्रहरीको आशङ्का छ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ। शव भेटिएको स्थान मुलघाटबाट करिब १ किलोमिटर पश्चिममा रहेको हो। आइतबार बिहान करिब ८ः३० बजे शव भेटिएको थियो।

त्यस्तै, चौविसे गाउँपालिका-४ स्थित फलामेटारमा पनि तमोर नदीमा एक महिलाको शव फेला परेको छ। शव आज बिहान करिब ११ बजे भेटिएको हो। घटनास्थलमा तेह्रथुम वसन्तपुरबाट सुरक्षाकर्मीको टोली पठाइएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]