धादिङमा पहिरोले तीन गाडी पुरिँदा ३० जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर /धादिङको झ्याप्लेखोलामा पहिरोले तीनवटा गाडी पुरिँदा ३० जनाको ज्यान गएको पुष्टि भएको छ। सशस्त्र प्रहरी बलका अनुसार, पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएका थिए, जसमा ठूलो जनधनको क्षति भएको छ।

चितवनबाट काठमाडौँका लागि आएको बा ३ ज १३४५ नम्बरको माइक्रोबस पनि आइतबार बिहान पहिरोले पुरिएको अवस्थामा भेटिएको छ। उक्त माइक्रोबसबाट १३ जनाको शव निकालिएको छ, जसमा ४ महिला र ९ पुरुष रहेका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धार कार्य जारी रहेको र थप खोजी भइरहेको छ।

त्यसैगरी, गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ। उक्त बसबाट ३ पुरुषको शव निकालिएको छ।

अर्को घटना लु १ ज ४५७८ नम्बरको माइक्रोबसमा भएको छ, जुन बुटवलबाट काठमाडौं जाँदै गर्दा पहिरोमा पर्‍यो। उक्त माइक्रोबसबाट १४ जनाको मृत्यु भएको छ, जसमा ८ पुरुष, ५ महिला, र १ बच्चाको शव फेला परेको छ। पहिरोमा अन्य गाडीहरू पुरिएको आशंकामा थप खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]