“नख्खु खोलाले बगाएका चार जनाको चणिकलाल तामाङद्वारा साहसिक उद्धार”

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर /गृहमन्त्रीले बचाउन नसकिएको भन्दै घोषणा गरेको नख्खु खोलाले बगाएका चार जनाको चणिकलाल तामाङले साहसिक उद्धार गरेका छन्। काभ्रेको तेमाल गाउँपालिका-९ का चणिकलालले खोलामा बगेका दुई जनालाई एक्लैले सुरक्षित रूपमा उद्धार गर्न सफल भएका हुन्।

चणिकलाल तामाङ पेसाले पेन्टर हुन्। शनिबारको दिन वर्षाका कारण उनको काम रोकिएपछि उनी आफ्नो वरपरको बाढीको अवस्था अवलोकन गर्न निस्केका थिए। सोही समयमा उनले नख्खु खोलामा चार जना मानिस बगिरहेको देखे र तत्काल खोलामा हाम फालेर उद्धारको कार्य सुरु गरे। खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेका उनीहरूलाई चणिकलालले उद्धार गरी बाहिर निकाल्न सफल भए।

उनले उद्धार गरिसकेपछि बचेका मानिसहरूलाई भुइँमा सुताई पेटमा थिचेर बाढीमा निलेको पानी निकाल्न पनि सफल भए। चणिकलालको साहस र तत्काल निर्णय क्षमताका कारण दुई जनाको ज्यान जोगिएको हो। चणिकलालको यो साहसिक कार्यले संकटको घडीमा पनि मानवताको महत्व देखाएको छ।

दशैंको मुखमा पेन्टिङ कामको चाप भए पनि चणिकलालले आफ्नो समय बाढी प्रभावितहरूको उद्धारमा खर्चिएर समाजलाई एक सकारात्मक सन्देश दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]