शेरधन राईको अपील: बाढी पहिरोमा उद्धार र राहतका लागि कोशी प्रदेशका कार्यकर्ताहरुलाई जुट्न आग्रह

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर । बाढी पहिरो तथा डुबानजन्य विपदलाई मध्यनजर गर्दै उद्धार, राहत र पुनस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी इन्चार्ज समेत रहनु भएका राईले कोशी प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्ताहरुलाई यस्तो आव्हान गर्नुभएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै नेता राईले जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन समेत आग्रह गर्नुभयो । प्रदेशका विभिन्न स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुखी तुल्याएको उल्लेख गर्दै उहाँले घाइतेहरुको उपचार र बेपत्ताहरुको तीव्र खोजी गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । उहाँले भन्नुभयो घाइतेको उद्धार, उपचार तथा मृतकका परिवारहरुलाई राहत तथा पुनस्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई समेत गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।

नेता राईले सडक तथा पुलहरु बाढीले बगाएको भन्दै उहाँले तत्काल पुन निर्माण गर्न समेत ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]