विश्व मुटु दिवसको अवसरमा सचेतना मूलक कार्यक्रम

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर आइतबार विराटनगरमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। अस्पतालले हरेक वर्षझैँ यस वर्ष पनि मुटु रोगप्रति जनचेतना जगाउने उद्देश्यले रयाली निकालेको हो।

न्युरो अस्पतालबाट सुरु भएको रयालीले सिद्धार्थ चौक, अस्पताल चौक, जिल्ला प्रशासन चौक हुँदै विभिन्न क्षेत्र परिक्रमा गरेको थियो। रयालीमा अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्टलगायत चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले ‘वजन घटाऔँ, मुटु बचाऔँ’, ‘तनाव हटाऔँ, मुटु बचाऔँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। न्युरो अस्पतालले १३ वर्षअघिदेखि पर्वान्चलकै पहिलो क्याथ सेवा सुरु गरेको हो। अस्पतालमा मुटु सम्बन्धी सबै प्रकारका उपचार सेवा उपलब्ध छन्। अस्पतालले असोज १३ देखि १८ गतेसम्म मुटु सम्बन्धी निःशुल्क ओपिडी सेवा र जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]