विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा विराट व्यापार संघद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर/नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा विराट व्यापार संघले सोमबार विराटनगरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न सरकारी अधिकारी, व्यावसायिक संघका प्रतिनिधिहरू तथा उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख एसपी तिलक प्रसाईं, सशस्त्र प्रहरीगण टंकीका डिएसपी ओमराज बानियाँ, तथा घरेलु तथा साना उद्योग कार्यालय मोरङका अधिकृत ठाकुरप्रसाद सुवेदी अतिथिको रुपमा सहभागी थिए।

कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले रानी नाकामा भइरहेको अवैध ओसारपसारको रोकथामका लागि कडा कदम चाल्न आग्रह गरे। संघले चार महिनाको समय लगाएर गरेको बजार अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै जोगबनीबाट भइरहेको अवैध सामानको चोरीपैठारीलाई रोक्न सरकारसँग माग गरिएको थियो। विशेष गरी लत्ताकपडा तथा खाद्यान्न सामग्रीहरू विराटनगर भित्रिरहेकाले यसलाई रोक्न राज्यको सहयोग आवश्यक रहेको अध्यक्ष बन्जाराले बताए।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरू, उपाध्यक्षहरू तथा अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]