सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर/ विराटनगर महानगरपालिका–१६, हुलास चोकस्थित इलाका प्रहरी कार्यालय रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

प्रहरी नायव निरीक्षक कृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा स्थानीय युवाहरू, भद्रभलादमी, बुद्धिजीवी तथा महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य मानव बेचबिखन तथा ओसारपसार जस्ता गम्भीर अपराधको बारेमा स्थानीय समुदायमा सचेतना फैलाउनु रहेको थियो। कार्यक्रममा ५० वटा पर्चा–पम्प्लेट वितरण गरियो, जसले मानव बेचबिखन न्युनिकरणमा सहयोग पुर्‍याउने सन्देश प्रदान गरेको थियो।

कार्यक्रम दिउँसो १२:०० बजे सुरु भई १:०० बजे समापन गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै प्रहरी प्रशासनलाई धन्यवाद व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]