भेडियारीमा ‘मानव बेचबिखन न्यूनीकरण’ सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन १५, २०८१

विराटनगर /मोरङको बिराटनगर महानगरपालिका-१८ स्थित इलाका प्रहरी कार्यालय रानी मोरङ र अस्थायी प्रहरी पोस्ट भेडियारी मोरङको संयुक्त आयोजनामा ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत “मानव बेचबिखन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम प्रहरी सहायक निरीक्षक पुण्य प्रसाद धमलाको प्रशिक्षकत्वमा श्री जनता आधारभूत विद्यालय भेडियारीमा आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी लगायत ५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रम बिहान ९:५५ बजे सुरु भई ११:०० बजे समापन गरिएको थियो।

यस सचेतनामूलक कार्यक्रममा मानव बेचबिखनको समस्या, यसको रोकथाम, तथा समुदायमा यसबारे चेतना फैलाउने विविध उपायहरूबारे जानकारी दिइएको थियो। कार्यक्रमले समुदायमा मानव बेचबिखनको न्यूनिकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]