भेडियारीमा ‘मानव बेचबिखन न्यूनीकरण’ सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन १५, २०८१

विराटनगर /मोरङको बिराटनगर महानगरपालिका-१८ स्थित इलाका प्रहरी कार्यालय रानी मोरङ र अस्थायी प्रहरी पोस्ट भेडियारी मोरङको संयुक्त आयोजनामा ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत “मानव बेचबिखन न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम प्रहरी सहायक निरीक्षक पुण्य प्रसाद धमलाको प्रशिक्षकत्वमा श्री जनता आधारभूत विद्यालय भेडियारीमा आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी लगायत ५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रम बिहान ९:५५ बजे सुरु भई ११:०० बजे समापन गरिएको थियो।

यस सचेतनामूलक कार्यक्रममा मानव बेचबिखनको समस्या, यसको रोकथाम, तथा समुदायमा यसबारे चेतना फैलाउने विविध उपायहरूबारे जानकारी दिइएको थियो। कार्यक्रमले समुदायमा मानव बेचबिखनको न्यूनिकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]