बेलबारीमा बस र बोलेरो ठोक्किँदा गम्भीर दुर्घटना, केहीको अवस्था गम्भीर

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन १५, २०८१

विराटनगर /मोरङको बेलबारी ३ स्थित पुरानो बेलबारी छेउ खप्तडी बस्नेत धार्मिक बन नजिक मंगलबार साँझ बस र बोलेरो एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको दिदीभाई बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ज ४२७७ नम्बरको बोलेरो एकआपसमा ठोक्किँदा बोलेरो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनामा केही व्यक्तिहरू गम्भीर घाइते भएका छन् भने दुर्घटनाको थप विवरण आउन बाँकी छ। घाइतेहरूको उद्दार कार्य जारी रहेको र स्थानीय प्रहरी तथा स्वास्थ्यकर्मीहरूले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]