कोशी प्रदेशका विभिन्न स्थानहरुमा वर्षा

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर/ यो वर्षको मनसुन बाहिरिने क्रममा विराटनगरसहित कोशी प्रदेशका विभिन्न स्थानमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ। मौसम विज्ञान विभागका अनुसार यो वर्षा साँझसम्म जारी रहने सम्भावना छ।

पूर्वी नेपालका इलाम, झापा, सुनसरी लगायतका जिल्लामा पनि लगातार वर्षा भइरहेको छ। भारतको असम र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भएको विभागले जनाएको छ।

कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।

दिउँसो र राति कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने मौसम विभागले जनाएको छ, जबकि बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]