सुन्दरहरैँचामा दुई बस ठोक्किँदा १० जनाभन्दा बढी घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर /मोरङको सुन्दरहरैँचामा बिहीबार दुई बस आपसमा ठोक्किँदा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। झापाबाट इटहरीतर्फ आइरहेको र इटहरीबाट झापातर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दुर्घटनामा १० भन्दा बढी यात्रु सामान्य घाइते भएको जानकारी दिएका छन्। घाइतेहरुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ।

दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४, दुलारी क्षेत्रमा भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]