

अविरल वर्षा भएसंगै नेपालको अर्थतन्त्रमा ठुलो क्षति भएको छ । लगातार तिन दिनको अविरल वर्षामा धेरै जनधनको क्षति हुनुका साथै प्रकृतिक सम्पदा लगायत देशको भौतिक संरचनामा समेत घाटा भएको छ । वर्षाका कारणले प्रकृतिक बनसपति घर, जनावर नष्ट भएका छन् ।
नागरिको जिवनमा प्रकृतिलाई बचाउन सकिएन भने हामी पनि भोलि भविष्यमा नरहन पनि सकिन्छन् । प्रकृतिले बनाएको यो संसारमा हामी प्रकृतिलाई सक्दो बचाउन हरबखत त्यार रहन्पर्ने देखिन्छन् ।
अविरल वर्षा एउटा परिवर्तनशिल भइरहने वातावरण तथा प्रकृति संग सम्बन्धित विषय वस्तु हो । जुन हरेक समयमा परिवतर्न हुनसक्छन् । केही दिन यता देशभरि अविरल वर्षाले देश लगायत छिमेकी राष्ट्रिय भारतको विहारमा दुई सय भन्दा बढि गाउँमा क्षति पुगेको भारतिय सञ्चार माध्यमले बताइरहेका छन् । नेपालको करिब देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ । नेपालको संघिय राजधानी काठमाडौं लगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो क्षति भएको छ । यस अविरल वर्षाले देशभर बाढीपिडित बनाएको छ । करिब सयौँले ज्यान गुमाए भने देशको भौतिक संरचनामा अर्बौँको क्षति पुगेको छ ।
प्रायजसो प्रत्येक वर्ष अविरल वर्षा हुने गर्थीयो तर यसपटकको निरन्तर अविरल वर्षाले कोशी प्रदेश लगायत देशभरमा ठूलो क्षति पुगेको छ । कोशी नदि सहित देशभरका स—साना खोला, नालामा भारि वर्षाले धनजनको ठुलो क्षति भएको समाचार माध्यममा भिडियोहरु हेर्न सकिन्छ । अविरल वर्षाका कारणले नदीमा आएको बाढीपहिरोले धेरै नेपाली जनताको घर उठिबास बनाएको छ । देशभर मान्छे बगाए, कति पुल भत्किए, कति बस्ती उजाडिए, प्रकृति नाष भए, किसानको खेतिवाढि नष्ट भए, कृषि उत्पादनको औजार बगाएर, घरपालुवा तथा जङ्गली जनावर बगाए, प्रकृतिक जङ्गल र घरवरपर रोपिएको रुख लगायत सबै लगे प्रकृति संगै ।
तर, जीवन जिउनको लागि दुख र कष्ट भएपनि जनताहरुले नदी किनार क्षेत्रमा बसोवास गर्ने केहीलाई भने कोशीमा आएको बाढीले फाइदा र अवसर पनि बनेको छ । बाढीले धेरै जनधनको क्षति गरेपनि जनतालाई रुखका दाउरा बगाएर ल्याएपछि घरमा खाना पकाउने तथा अन्य घरायसि प्रयोगमा ल्याउन सकिने दाउरा निःशूल्क संकलन गरिरहेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । करिब दुई वर्षलाई खाना पकाउने र अन्य घरायसी काममा प्रयोगमा पुग्ने गरी दाउराको जोहो नदि किनारमा बस्ने जनताले गरेका छन् ।
करिब तीन दिनको लगातार अविरल वर्षाका कारणले आएको बाढीले अहिले देशभर नदि क्षेत्रका धेरैजना दाउरा संकलनमा व्यस्त रहेका छन् । धेरैजसोले समूह बनाएर डुंगाको प्रयोगबाट कोशी नदीको भंगालोमै पसेर दाउरा निकाल्ने गर्छन् । पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने खयर, उतिस, साल, सिंगै रुख र हाँगाबिँगा संकलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएपनि यस पटक अलि बढि संकलन हुने संका गरिएको छ ।