कोशी प्रदेश प्रहरी प्रमुखले चाडपर्वको समयमा सुरक्षा व्यवस्था कडा गर्न निर्देशन

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर/कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुबेर खापुङले दशैं लगायत चाडपर्वमा प्रदेशका नागरिकहरूको सुरक्षा सुदृढ गर्न निर्देशन दिएका छन्। घटस्थापनाको पूर्वसन्ध्या बुधबार भर्चुअल माध्यमबाट आयोजित एक बैठकमा उनले जिल्ला प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई चाडपर्वका बेला शान्ति सुरक्षा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न आग्रह गरे।

प्रहरी प्रमुख खापुङले चाडपर्वको समयमा कालोबजारी, खुला सीमाबाट हुने चोरी तस्करी, लागू औषध ओसारपसार, पटका लगायतका अवाञ्छित गतिविधि रोक्न सीमा नाकामा कडा चेकजाँच गर्न निर्देशन दिए। उनले भने, “चाडपर्वमा खेलिने तास, जुवा, मदिरा सेवन र लागुऔषधको प्रयोगलाई पूर्णरूपमा नियन्त्रण गर्न आवश्यक छ।”

फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिनुका साथै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरूलाई कडा कारबाही गर्न उनले जोड दिए। यात्रुहरूको आवागमन सहज बनाउन सहायता कक्ष स्थापना गर्ने, दुर्घटना रोक्न ट्राफिक व्यवस्थापन सुधार गर्ने, र विशिष्ट व्यक्तिहरूको सुरक्षामा ध्यान दिन उनले निर्देशन दिए।

प्राकृतिक विपद्का घटनाहरू जस्तै बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै, प्रहरी प्रमुख खापुङले अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्न पनि निर्देशन दिए।

प्रहरी प्रमुख खापुङको यस्तो निर्देशनले चाडपर्वको समयमा प्रदेशभरि सुरक्षा र शान्ति कायम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]