विराटनगरमा ट्र्याक्टरको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर/ विराटनगर वडा नं. १८ अन्तर्गत आईसीपी जाने बाटोमा जोगबनीबाट घर फर्कंदै गरेका लावघाट निवासी श्याम साहलाई ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्। बुधबार साँझ २४७२ नम्बरको ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो।

घटनामा श्याम साहलाई गम्भीर चोट लागेको छ र हाल उनको उपचार विराट नर्सिंग होम अस्पतालमा भइरहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]