नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको १७ औं वार्षिक साधारणसभा सम्पन्न, १२ जना सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

विराटनगर/मोरङको हसन्दहमा बिहीबार नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थामा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। यस अवसरमा १२ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङका कोषाध्यक्ष केदार थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा रेडक्रसका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। उपशाखाका अध्यक्ष भोलानाथ घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने सदस्य प्रकाश सुवेदीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका कार्यपालिका सदस्य पदम धिमाल, वडा नं ६ का जनप्रतिनिधि विष्णु लिम्बू, रक्तदाता बेदनाथ खतिवडा, र शिक्षक चन्द्रप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

उपशाखाका सचिव लक्ष्मीप्रसाद सुवेदीद्वारा सञ्चालित कार्यक्रमको दौरानमा अध्यक्ष घिमिरेले संस्थाले गत आर्थिक वर्षमा सम्पन्न गरेका गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरे। संस्थाले विपद न्यूनीकरण, उद्दार, र मानवीय सहायता कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ भने नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा स्थानीय शिक्षाप्रेमी तथा रेडक्रसका आजिवन सदस्य किरण थापा, डिल्लिराम चौलागाईं, सत्यनारायण महत्तो, युवराज राजवंशी, दानु क्षेत्री, भगवती राई, वेदनाथ खतिवडा, लिला घिमिरे, गोपालप्रसाद लुँईटेल लगायतलाई सम्मान गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखा २०५४ सालमा शिक्षाप्रेमी स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा स्थापना भएको हो। उपशाखाले स्थापना कालदेखि विपद न्यूनीकरण, उद्दार, र मानवीय सहायता कार्यमा सक्रिय योगदान पुर्‍याउँदै आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]