दुई छोरीहरुलाई विष खुवाएर हत्या गर्ने अामालाई कारागार चलान

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

विराटनगर /मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका दुई छोरीको हत्या गर्ने आमा २१ वर्षीया अस्मिता पौडेल (कार्की) कारागार चलान भएकी छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले अस्मितलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मंगलबार आदेश दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अस्मितालाई थुनामा पठाउन आदेश भएको हो ।

इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि अस्मितालाई कारागार चलान गरिएको बुढाथोकीले बताए । विष खुवाएर नाबालिका दुई छोरीको हत्या गरेपछि फरार भएकी अस्मितलाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्ग नजिक एभरेष्ट बैंक अगाडिबाट पक्राउ गरेको थियो ।

शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढायो । अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै अस्मिताविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । कानुन व्यवसायीबीचको थुनछेक बहसपछि अदालतले उनलाई कारागार चलानको आदेश गरेको हो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति ३१ वर्षीय अर्जुन कार्कीसँग विवाद भएपछि छोरीहरु एक वर्षीया आइङ्का र तीन वर्षीया अर्पणा कार्कीलाई लिएर अस्मिता भदौ १४ गते साँझ हिँडेकी थिइन् । दुवै नाबालिकाहरु भोलिपल्ट अर्थात भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]