सिन्धुलीमा हायस दुर्घटना, चालकसहित १५ जना घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

विराटनगर / काठमाडौँबाट विराटनगरतर्फ आइरहेको हायस (बा ५ ख ६६१८) शुक्रबार सिन्धुलीको सिस्नेरी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चालकसहित १५ जना घाइते भएका छन्, भने सवारीमा जम्मा १९ जना यात्रु सवार थिए।

सिन्धुली प्रहरीका अनुसार काठमाडौँबाट हेटौँडा हुँदै विराटनगर गइरहेको हायस अनियन्त्रित भई सडकबाट नालामा खसेको हो। दुर्घटनालगत्तै घटनास्थलमा उद्धार कार्य शुरु गरिएको थियो। घाइतेहरुलाई तत्कालै सिन्धुली अस्पतालमा प्रारम्भिक उपचार प्रदान गरियो।

गम्भीर अवस्थामा रहेका घाइतेहरुलाई थप उपचारको लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]