झापामा हराएका युवकको हत्याको आशंकामा ४ घण्टा उत्खनन्, शव भेटिएन

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

विराटनगर/बाह्रदशी गाउँपालिका–६ सिमलवारीमा प्रहरीले २१ वर्षीय राजेश ठाकुरको शव खोज्न बिहीबार साँझ ४ घण्टा उत्खनन् गरेको छ। ठाकुर गत जेठ दोस्रो सातादेखि हराएका थिए। उनको हत्यापछि शव छिमेकीको घरमा पुरिएको हुनसक्ने आशंकामा प्रहरीले उक्त घरभित्र र बाहिरको आँगनमा खनेको हो।

उक्त खोजी कार्य अपराह्न ४ बजे शुरू भएर राति ८ बजेसम्म चलेको भए पनि ठाकुरको शव फेला परेको छैन। घटनास्थलमा खनाइको क्रममा नुनका पोकाहरू भेटिएको स्थानीयबासीले बताएका छन्। प्रहरीले अनुसन्धान जारी राखेको छ र थप सुराकीका आधारमा उत्खनन् कार्य गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा छिमेकी नरेश राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। राजवंशीले हत्या गरेको स्वीकार गरेपछि उनको घरमा प्रहरीले खोजी गरेको हो। थप एक युवतीलाई पनि पक्राउ गरिएको बुझिएको छ। प्रहरीले घटनाबारे थप जानकारी भने सार्वजनिक गरेको छैन।

उत्खनन् क्रममा हत्यामा प्रयोग भएको भनिएको डोरी र अन्य हातहतियारहरू समेत भेटिएको बताइएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीलाई तीव्र बनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]