विराटनगरमा अग्रसेन महाराज जयन्ती भव्य रूपमा मनाइने

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

विराटनगर/ नेपाल अग्रवाल सभा विराटनगरले अग्रवंश कुल प्रवर्तक महाराज अग्रसेनको जयन्ती असोज १९ गते शनिबार भव्य कार्यक्रमको आयोजना गरेर मनाउने तयारी गरेको छ। नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले जानकारी दिए अनुसार शनिबार बिहान विराटनगरमा अग्रसेन महाराजको फोटोलाई रथमा राखेर शोभा यात्रा निकालिने छ।

यस शोभा यात्रामा अग्रसेन महाराजको रथसहित १८ गोत्रहरूका रथहरू समावेश गरिने छ। शोभा यात्रा शनिबार बिहान ७ः३० बजे मारवाडी सेवा सदनबाट सुरु भएर नगर क्षेत्रको परिक्रमा गर्नेछ। अध्यक्ष राजकुमार अग्रवालले विराटनगरमा उद्योग व्यवसाय सञ्चालन गरिरहेका सम्पूर्ण अग्रवाल समाजका व्यक्तिहरूलाई शोभा यात्रामा सहभागिता जनाउन आग्रह गरेका छन्।

अग्रसेन जयन्तीको समापन भने शनिबार साँझ सिटी प्यालेस होटल एण्ड रिसोर्टमा विशेष सभाको आयोजना गरेर गरिनेछ। नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवालले ५१४८ औं अग्रसेन जयन्तीको तयारी पूरा भइसकेको जानकारी दिए।

विशेष सभापछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ र सामूहिक गोठ प्रसाद ग्रहण कार्यक्रम समेत हुनेछ। चेतन अग्रवालले हजारौं अग्रवाल समाजका व्यक्तिहरू यो कार्यक्रममा सहभागी हुने अपेक्षा व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]