ताप्लेजुङमा खोलाले बगाएर दुई बालबालिका बेपत्ता

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

विराटनगर /ताप्लेजुङको मैवाखोला गाउँपालिका-२ मा दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्। स्थानीय ११ वर्षीय सन्देश बराइली र १२ वर्षीया आइतरानी शेर्पा पौडी खेल्नका लागि मैवाखोलामा गएका थिए, जहाँ बगेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार बालबालिकाहरू पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएको हो। उनीहरूको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको छ र खोज तथा उद्धार कार्य जारी रहेको छ।

अस्थायी रुपमा जोखिमपूर्ण मानिएको स्थानमा स्थानीय बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]