पौडी खेल्ने क्रममा लोहन्द्रा खोलामा डुबेर १८ वर्षीय युवकको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १९, २०८१

विराटनगर/मोरङको धनपालथानमा पौडी खेल्दा लोहन्द्रा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ। कटहरी–५ निवासी १८ वर्षीय आशिष राजवंशी पौडी खेल्ने क्रममा दुई दिनअघि खोलामा बेपत्ता भएका थिए। शनिबार बिहान उनी मृत फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्।

राजवंशी पौडी खेल्ने क्रममा अचानक खोलाको बाढीमा बगेर बेपत्ता भएका थिए। प्रहरी र स्थानीयको खोजी कार्यपछि उनको शव शनिबार बिहान फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राजवंशीको असामयिक निधनले स्थानीय समुदायमा शोक छाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]