विराटनगरको नोबेल शिक्षण अस्पतालले स्तन क्यान्सर उपचारमा ७५% सम्म छुट घोषणा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १९, २०८१

विराटनगर/विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्तन क्यान्सरको उपचारमा विशेष छुटको घोषणा गरेको छ। विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने क्रममा, असोज १५ देखि कार्तिक १५ सम्म अस्पतालले स्तन क्यान्सर उपचारमा ७५% सम्म छुट दिने भएको छ।

नोबेल अस्पतालका प्रबन्धक निर्देशक इन्दिरा शर्माले स्तन क्यान्सरको प्रारम्भिक चरणमै उपचार गराए पूर्णरूपमा निको हुने सम्भावना रहेकोले परीक्षण र उपचारलाई सुलभ बनाउन छुटको व्यवस्था गरिएको बताइन्।

उनका अनुसार मेमोग्राफी परीक्षणमा ७५%, बायोप्सी परीक्षणमा ५०%, स्तन क्यान्सरको शल्यक्रियामा २५% र रेडिएसन थेरापीमा पनि २५% छुट दिइने छ।

अस्पतालका निर्देशक तथा डाक्टर राजेश नेपालले नोबेल अस्पतालमा स्तन क्यान्सरको पहिचानदेखि विभिन्न चरणका उपचारहरू—जस्तै शल्यक्रिया, केमो थेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी र रेडिएसन थेरापी—उपलब्ध रहेकोले उपचारका लागि टाढा जानु नपर्ने जानकारी दिए।

स्तन क्यान्सरको उपचारमा विशेष छुटको यो कार्यक्रमले सचेतना फैलाउन र समयमै उपचार गराउन थप प्रेरित गर्ने विश्वास लिइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]