विराट राजवंशीले प्रथम ऐतिहासिक हुकाहुकी परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शनिबार, आश्विन १९, २०८१

सम्पादकीय :- झापा, माेरङ र सुनसरी जिल्ला लगायत अन्य जिल्लाका विराट राजवंशी र राजवंशी समुदायले हुकाहुकि पावनि मनाउने गरेका छन् । दशैँ पछि शुभ दिपावलि अर्थात राजवंशी भाषामा सुकरात भनिने यस पर्व अर्थात पावनि पाैराणिक काल देखि निरन्तर मनाउँदै आएका छन् । र औपचारिक कार्यक्रम गरि विराट राजवंशी यूवा समितिले आज पत्रकार सम्मेलन मार्फत हुकाहुकी परम्पराको संरक्षण र प्रवर्द्धन गर्न प्रथम हुकाहुकी कार्यक्रम आयोजना गर्ने जानकारी पत्रकार सम्मेलन मार्फत् गराएका छन् ।

विराटनगर / विराट राजवंशी समुदायले महाभारतकालदेखि निरन्तर मनाउँदै आएको हुकाहुकी परम्परालाई जिवन्त राख्न आगामी कार्तिक ३ गते प्रथम हुकाहुकी कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ । यो परम्परा दीपावली (सुकरात) को पहिलो दिन विशेष रूपमा मनाइन्छ, जसमा लक्ष्मी पूजा गर्दै खेतबारीमा “हुकाहुकी” खेल्ने चलन छ।हुकाहुकी एक क्रस आकारको वस्तु हो, जसलाई सन्ठी र लामो घाँस (भाँसी) एवम दभारी प्रयोग गरेर बनाइन्छ । यसलाई दियोबाट आगो लगाई, घरको कुलदेवता (गोसाई सिन्दा) को पूजा गरी, खेतबारीमा गएर “हुकाहुकी” भन्दै मनाउने परम्परा रहेको छ । यस प्रथामा विभिन्न उमेरका मानिसहरू सहभागी हुने गर्छन्, जसले समुदायमा भाईचारा र भावनात्मक सम्बन्धलाई बलियो बनाउँछ ।विराट राजवंशी समुदाय मुख्य रूपमा कृषि पेसामा आश्रित रहेकोले यो प्रथाले बालीमा कीरा फट्याङग्रालाई धपाउने मान्यता राख्छ । साँझपख गाउँटोलका मानिसहरू भेलाभई खेतबारीमा गएर हुकाहुकी खेल्ने परम्परा छ । आगोले अदृश्य शैतानी शक्तिलाई ध्वस्त गर्ने र सबैको स्वास्थ्यको कामना गर्ने विश्वासले यो परम्परा विशेष महत्व राख्छ । तर, पछिल्लो समयमा यो मौलिक परम्परा लोप हुँदै गएको देखिन्छ । राज्यको तर्फबाट कुनै पहल नदेखिएकोले विराट राजवंशी समुदायको साँस्कृतिक रितिरिवाजको आकर्षण घट्दै गएको हो । यसै कारण, विराट राजवंशी युवा समितिले हुकाहुकी परम्पराको संरक्षण र प्रवर्द्धन गर्न प्रथम हुकाहुकी कार्यक्रम आयोजना गर्न लागेको हो ।पत्रकार सम्मेलनमार्फत् समितिले यो कार्यक्रम भव्य र उत्साहका साथ मनाउने जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]