मोरङको बूढीगंगामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्य

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन २०, २०८१

विराटनगर /मोरङको बूढीगंगामा आइतबार भएको दुर्घटनामा सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ। ट्रकको ठक्करले मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो। तामाङको घर संखुवासभामा रहेको थियो।

बूढीगंगा गाउँपालिका–४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा तामाङ मोटरसाइकलको पछाडि सवार रहेका थिए भने मोटरसाइकल चालक ३० वर्षीय युशन राई घाइते भएका छन्। राई धनकुटाको साँगुरीगढी–३ का निवासी हुन्।

प्रहरीका अनुसार गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको पुष्टि गरिएको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले दुर्घटनामा संलग्न ट्रक र चालक ३० वर्षीय सुवास झाँगडलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]