नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको सभापतिमा भोलानाथ घिमिरे पुनः सर्वसम्मत चयन

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन २०, २०८१

विराटनगर/नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको सभापतिमा भोलानाथ घिमिरे पुनः सर्वसम्मत चयन भएका छन्। आइतबार हसन्दहमा भएको आम भेलामा घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

घिमिरेले विसं २०७० देखि लगातार चौथोपटक सभापति पद सम्हाल्दै आएका छन्। नवगठित कार्यसमितिमा उपसभापतिमा सरस्वती कटुवाल (पाण्डे), सचिवमा लक्ष्मीप्रसाद सुवेदी, कोषाध्यक्षमा भुपेन्द्र तिमल्सिना, उपसचिवमा दुर्गाप्रसाद ढकाल, र उपकोषाध्यक्षमा प्रकाश सुवेदी चयन भएका छन्।

सदस्यहरूमा अर्जुन घिमिरे, शरणकुमार राई, अर्जुन कुमार कार्की, गोपालप्रसाद लुँईटेल, र रमला उपाध्याय (भण्डारी) छन्। निर्वाचन अधिकृत केदार थापाले सर्वसम्मत चयन भएका पदाधिकारीलाई ओहदाको प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका वडा नं ५ का वडाध्यक्ष चेतेन्द्र खड्का र वडा नं ६ का अध्यक्ष कृष्णकुमार बस्नेतलाई पनि सम्मानित गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]