ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग अक्सनमा सर्वाधिक मूल्यमा बिक्री

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

विराटनगर/नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) को हालै सम्पन्न खेलाडी अक्सनमा उच्चतम मूल्यमा बिक्री भएका छन्। राजवंशीलाई सबै ८ वटै टोलीले रु १५ लाखमा खरिद गर्न चाहेको भए पनि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले उनलाई आफ्नो टोलीमा समावेश गर्न सफल भयो।

राजवंशीको बेस प्राइस रु १० लाख राखिएको थियो। तर उनको कौशल र अनुभवका कारण सबै टोलीहरू उनलाई आफ्नो टोलीमा भित्र्याउन इच्छुक देखिए। अन्ततः गोलाप्रथाको निर्णयले जनकपुर बोल्ट्सले राजवंशीलाई रु १५ लाखमा अनुबन्ध गरेको हो। गोलाप्रथामा जाँदा काठमाडौंले भने आफ्नो हात झिकेको थियो।

राजवंशी ए क्याटेगोरीका खेलाडी हुन् र यस अक्सनमा सबैभन्दा धेरै मूल्यमा बिक्री भएका खेलाडी बनेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]