रङ्गेलीको मोरिया खोलामा एक व्यक्ति मृत फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

विराटनगर /मोरङ जिल्लाको रङ्गेली नगरपालिका वार्ड नं. ७ स्थित मोरिया खोलामा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान ५५ वर्षीय सिद्धान्त मण्डल, घर धर्मशाला टोल, रङ्गेलीको रुपमा गरिएको छ।

स्थानीयको भनाइ अनुसार, अत्याधिक रक्सी सेवनका कारण मण्डल खोलामा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। मण्डललाई पहिलो पटक सन्तोष परियारले देखेका थिए, जसले तत्कालै स्थानीयलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थलमा समयमै पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रहरीले यस घटनालाई थप अनुसन्धानको दायरामा राखेको छ भने मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]