विराटनगर महानगरद्वारा मासु पसलको अनुगमन 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

विराटगगर/ विराटनगर महानगरपालिकाले माछा–मासु पसलको अनुगमन सुरु गरेको छ ।

दशैंलगायतका चाडपर्वको मौका छोपी व्यवसायी माछा–मासु निर्देशिकाविपरीतको कार्य गर्ने सम्भावना बढेका कारण महानगरले अनुगमन सुरु गरेको हो । अनुगमन टोलीले महानगर क्षेत्रभित्र सञ्चालित सबै माछा–मासु पसलको अनुगमन गर्ने जनाएको छ ।

महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतमा उपस्थितिमा अनुगमन गरिएको थियो । टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायत हेरेको थियो । अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक–तराजुमा कैफियत, पसलभित्रको सरसफाईमा कमजोरी भेटिएको अनुगमन टोलीमा संलग्न हिरालाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिकाविपरीत सञ्चालित माछा–मासु पसललाई सात दिनभित्र सुधार गर्ने मौका दिइएको छ । यदि सात दिनभित्र सुधार नभए ती पसललाई कारबाही गरिने यादवले बताउनुभयो ।

अनुगमनलाई महानगर क्षेत्रभित्र प्रभावकारी रुपमा सञ्चालित गरिने कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । विराटनगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा रहेका छन् । त्यसमध्ये करिब ५० प्रतिशत मात्रै महानगरमा दर्ता भएको यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]