पथरीशनिश्चरे नगरद्वारा किराना पसल तथा माछा पसलको अनुगमन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

विराटनगर /पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ ।

आज नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा माछा पसलहरूको अनुगमनमा म्याद नाघेका खाद्यान्न लगायतका किराना आइटम, पेय पदार्थहरु डिस्पोज गरिएको थियो ।

यसैगरी माछा पसलहरुमा मरेका माछाहरू फ्रिजमा राखिएका खान अयोग्य माछाहरुलाई नियन्त्रण गरी डिस्पोज गरिएको हो । अनुगमनका क्रममा पसल दर्ता भए नभएको र नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न निर्देशन दिइएको थियो ।

सो अनुगमनमा अनुगमन समितिका सदस्य एवं वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, वडा नं. १ का अध्यक्ष भिम राई, वडा सदस्यहरू, नगरका राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थ्य शाखा सिअहेव अधिकृत एकराज खत्री, प्रा.स. पशुपंक्षी शाखा जनक चौधरी, इप्रका पथरीका प्रतिनिधिहरू र नगर प्रहरीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]