पतिले छिनाए पत्नीको टाउको, प्रहरीसमक्ष आत्मसमर्पण

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन २२, २०८१

बिराटनगर/उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेमा एक व्यक्तिले आफ्नै श्रीमतीको टाउको छिनाएर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सो घटना आज साँझ ७ बजे घटेको हो, जहाँ त्रियुगा नगरपालिका ६ जलजलेस्थित सम्सेर तामाङको घरमा भाडामा बसेका ३५ वर्षीय जंगे तामाङले आफ्नै २९ वर्षीया श्रीमती प्रमिला तामाङको घाँटी छिनाएका हुन्।

घटना पछि, जंगे तामाङले घाँटी काटेर टाउको सगरमाथा दिक्तेल सडकखण्डअन्तर्गत उदयसि इङ्लिस बोर्डिङ स्कुल अगाडि फालेका थिए र इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जनाएको छ।

यस घटनाले स्थानीयहरूमा ठूलो त्रास र स्तब्धता फैलाएको छ भने घटना पछाडि के कारण थियो भन्ने खुलासा हुन बाँकी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]