कानेपोखरी गाउँपालिकाले अनुगमन गरेः बजार

Logo
बिध्यानन्द चौधरी / कानेपोखरी प्रकाशित बुधबार, आश्विन २३, २०८१

कानेपोखरी / कानेपोखरी गाउँपालिकाले चाडपर्व लक्षित बजार र पसलमा अनुगमन गरेको छ । कानेपोखरी गाउँपालिकाको टोली जसमा प्रशासकीय अधिकृत,सातौं मछिन्द्र थलाङ्गको कमाण्डिङ्गमा इलाका प्रशासन उर्लाबारीको प्रतिनिधि पथरी शनिश्चरे ईलाका प्रहरी कानेपोखरी नगर प्रहरी र गाउँपालिकाको क्रमचारी लगायतको टोलीले बजार व्यवस्थापन तथा अनुगमन ऐन,२०७७ तथा बजार व्यवस्थापन अनुगमन नियमावली २०७८ ले दिएको अधिकार प्रयोजन गरी बजार र पसलहरु अनुगमन गरिएको जानकारी अधिकृत,सातौं थलाङ्गले बताउनु भयो ।

कतिपय पसल मापदण्ड विपरीत पनि चलेको पाइएकाले त्यी पसलहरूलाई सुधारको मौका दिइएको बताउनुभयो । सुधार नभएमा अव हुने अनुगमनमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उहाँले चेतावनी दिनुभयो । र म्याद सकिएको सामानहरुको मबतभ भहउष्चभ शयलभ समेत राख्नुहुन पसलेहरुलाई निर्देशन समेत दिनु भयो ।

पसलमा मूल्य सूची नै राख्दैनन्

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीका अनुसार अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्य सूची नराख्ने, दर्ता गरेका भए पनि नवीकरण नगर्ने र दर्ता भएका प्रमाणपत्रहरू देख्ने ठाउँमा नराख्ने गरेको पाइएको छ । आगामी दिनमा पसल सञ्चालकहरूलाई सचेत गराउनका लागि सचेतनाका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने र निरन्तर अनुगमन गर्नु नै उत्तम हुने उहाँको तर्क छ । सचेत गराउँदा गराउँदै पनि अटेर गरेमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने बताउनु भयो ।

म्याद गएका खाद्यवस्तु जफत गरी नष्ट गरे ।

अनुगमनका क्रममा कानेपोखरीका केही ठुला र केही साना पसल र रमाईलो हटियाको समेत अनुगमन गरिएको थियो भने मासु पसलमा सर सफाईमा ध्यान र डिजिटल काटाको प्रयोग गर्नु भनेर निर्देशन समेत दिनु भयो । कानेपोखरी ७ वरगाछी, कानेपोखरी ४ वयरवनका केही पसल र कानेपोखरी २ दलेलीका केही पसलहरुमा म्याद सकिएको सामानहरु जस्तै ११ प्याकेट विसकुट, १४ प्याकेट पाउरोटी , ९ वोतल डिउ ,४ प्याकेट दालमोट, ७ वोतल जुस , तेल १ वोतल, चमन प्रास १ बट्टा , नरिवल तेल ३ बट्टा ,दालमोट ठुलो १ प्याकेट, पोटेटो चिप्स ५ प्याकेट, खाने सोडा ९ प्याकेट ,हर्लिक्स ४ र लगभग ६०केजी मुग्री माछा समेत जफत गरीएको थियो । जफत गरीएको सामानको ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समुहको जँगलमा कानेपोखरी नगर प्रहरी र कानेपोखरी प्रहरी प्रमुखको रोहबरमा नष्ट गरिएको थियो । आगामी दिनमा निरन्तर रूपमा बजार अनुगमन गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]