विराट राजवंशी शिक्षक समिति शुभकामना आदानप्रदान कार्यक्रम गरियो

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित बुधबार, आश्विन २३, २०८१

बिराटनगर / बिराट राजवंशी समाज उत्थान समिती र
बिराट शिक्षक तथा कर्मचारी समिती बिराटनगर मोरङले वडा दशै शुभ दिपावली , नेपाल सम्वत तथा छठ पर्वको अवसरमा  शुभकामना आदानप्रदान गरेको छ।

आज कटहरी वडा नम्बर १ को वडा कार्यालयमा बिराट शिक्षक तथा कर्मचारी समिती एक कार्यक्रमको आयोजना गर्दै  शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रमको वक्ताहरुले बिराट राजवंशीमा अहिले पनि शिक्षा र जनचेतनाको कमि रहेकोले यसलाई सुधार गर्दै जानु पर्नेमा जोड दिनु भयो। वक्ताहरुले अब आउने दिनमा बिराट राजवंशी समाजलाई जनचेतना मुलक शिक्षा प्रदान गरि राज्यको रहेक निर्णायक तह सम्म पुर्याउनु पर्ने बताउनु भयो।

कार्यक्रमको प्रमुख अथिती बिराट राजवंशी समाज उत्थान समिती केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले वडा दशै , दिपावली र छठ पर्वको शुभकामना ब्यक्त गर्नु हुँदै उहाँले बिराट राजवंशी समाजलाई अगाडी बढाउन कुनै कसर न छोडने बताउनु भयो।कार्यक्रममा वक्ताहरु बोल्दै राजवंशी समाज उत्थान समितिको उपाध्यक्ष प्रदिप विस्वास राजवंशी केन्द्रिय सचिव बानेश्वर राजवंशी सदस्य सत्यनारायण राजवंशी लगायत वक्ताहरु दशै , दिपावली र छठ पर्वको शुभकामना मन्तव्य दिनु भयो।विशिष्ट अथिती कटहरि गा. पा . वडा न १ वडा अध्यक्ष हरिनारायण राजवंशी ले सत्य माथि बिजय असत्य को हार भएको हुनाले हामी शुभ मानेर शुभकामना दिने चलन रहेको बताए ।

राजवंशी समाज उत्थान समिति मोरङ उपाध्यक्ष देवराज राजवंशीले पनि जिल्लाको तर्फ बाट सम्पूर्ण बिराट राजवंशीहरुलाई शुभकामना दिनु भयो । अहिले पनि शिक्षा क्षेत्रमा कमजोर रहेकोले यश क्षेत्रमा बलियो नभए सम्म अगाडी बढ्न गाह्रो हुने भएकोले यश क्षेत्रमा समाजले जोड दिनु पर्ने बताउनु भयो।बिराट शिक्षक तथा कर्मचारी समिती मोरङ अध्यक्ष चन्देश्वर प्रसाद राजवंशीको अध्यक्षतामा शुभकामना कार्यक्रम सम्पन्न गरियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]