भारतीय प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन २४, २०८१

विराटनगर/ भारतीय उद्योग क्षेत्रका एक प्रमुख व्यक्तित्व र टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको निधन भएको छ। ९ अक्टोबर २०२४, बुधबार राति मुम्बईस्थित एक अस्पतालमा ८६ वर्षको उमेरमा उनको निधन भएको हो।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको निधनको पुष्टि गरेका छन्। यस दुखद घडीमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। राष्ट्रपति मुर्मुले एक्स (पूर्व ट्विटर) मा लेख्दै भनेकी छिन्, “रतन टाटाको निधनले भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो।”

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई “एक भिजनरी बिजनेस लिडर र असाधारण व्यक्ति”को रूपमा सम्झिएका छन्।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। भारतको प्रख्यात औद्योगिक परिवारमा जन्मेका उनीले आफ्नो नेतृत्वमा टाटा समूहलाई नयाँ उचाइमा पुर्‍याए। उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानित गरेको थियो।

उनको योगदानलाई भारतको उद्योग, व्यापार र समाजले सधैं सम्झि

रहनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]