

विराटनगर /चन्द्रगढी सडको झापा भद्रपुर १० स्थित हनुमान चोकमा विहीबार राति भएको मोटरसाइकल दुर्घटनामा भद्रपुर १० केन्द्रमोडका २४ बर्षिय आलोक भण्डारीको ज्यान गएको छ ।
प्र १–०१–१४ प ९९३ को २२० सीसीको पल्सर र मे ८ प २८३७ को यूनिकन मोटरसाइकल एक आपसमा ठोकिँदा भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दुर्घटनामा परी मृतक आलोकले चलाएकाे प्र १–०१–१४ प ९९३पछाडि वस्ने भद्रपुर १० का २४ बर्षिय बिपान्सु राउत र मे ८ प २८३७ नम्बरका चाकल भद्रपुर ८ का २५ बर्षिय संजीव गिरी घाइते भएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आलोककाे मा आाेम साइ पाथीभरा अस्पतालमा भद्रपुर पुर्याउनसाथ चिकित्सकले मृत घाेषणा गरेकाे उनले जनाए ।
अन्य घाइतेकाे बिएण्सी अस्पताल बिर्तामाेडमा उपचार भइरहेकाे जनाइएकाे छ ।