महानवमी पर्व विशेष पूजा आराधना गरी मनाइँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन २५, २०८१

विराटनगर/आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर दुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। यस दिनलाई विशेष मान्यता दिँदै विभिन्न शक्तिपीठ र मन्दिरहरूमा पशुबलिसहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत, तथा देवी स्तोत्रको पाठ गरिन्छ। आज महाअष्टमी पर्व पनि परेकाले दुबै पर्वको संयुक्त रूपमा विशेष पूजा आराधना गरिएको छ।

महानवमीका अवसरमा शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ। पशुबलि नदिनेहरू भने कुभिन्डो, मूला, घिरौँला, र नरिवल बलि चढाउँछन्।

मार्कण्डेय पुराणअनुसार चामुण्डा देवीले रक्तवीजको वध गरेको दिनका रूपमा महानवमीलाई विशेष महत्त्व दिइन्छ।

यस अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिर आज एक दिनका लागि मात्र खोलिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]