विराटनगरका बचतकर्ताको पीडा: नयाँ जीवन सहकारीले दुईवर्षदेखि रकम फिर्ता नगरेको गुनासो

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन २६, २०८१

विराटनगर/ विराटनगर–७ मेनरोडस्थित नयाँ जीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरूले दुईवर्षदेखि बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै पीडितहरूले गुनासो गरेका छन्। सामान्य बचत गरेर चाडपर्व मनाउने आशामा रहेका बचतकर्ताहरूले यो दशैंमा समेत बचत रकम नपाएको गुनासो गरेका हुन्।

सहकारीका सञ्चालक प्रभात खड्काले दुईवर्षदेखि रकम फिर्ता गर्न आश्वासन दिँदै आए पनि वास्तविकता भने फरक रहेको बचतकर्ताहरूको आरोप छ। दशैंमा खर्चको लागि आवश्यक रकम फिर्ता नपाउँदा निम्न मध्यमवर्गीय परिवारका बचतकर्ताहरूले चाडपर्व मनाउन नसक्ने अवस्था आएको बताइएको छ।

सञ्चालक खड्काले आंशिक रकम फिर्ता गरेको दाबी गर्दै मंसिरसम्ममा बाँकी रकम दिने बताएका छन्। तर, पीडितहरू यो लामो प्रतिक्षा र असजिलो अवस्थाले अब विश्वास गर्न नसकिने बताएका छन्। सञ्चालक खड्काले सहकारीबाट लगानी गरेको ऋण फिर्ता नभएकाले बचत रकम फिर्ता दिन ढिलाइ भइरहेको उल्लेख गरेका छन्।

सहकारीको रकम अन्यत्र लगानी गरेको आरोप लागेका खड्काले बारम्बार रकम फिर्ता गर्न आनाकानी गर्दै आएको र यसले बचतकर्तालाई आर्थिक संकटमा पार्दै आएको गुनासो छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]