झापाको अर्जुनधारामा श्रीमानले गरे अाफ्नै श्रीमतिको हत्या 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २८, २०८१

विराटनगर/झापाको अर्जुनधारामा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

आज दिउँसो ३.५० बजे अर्जुनधारा नगरपालिका वडा नं.३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुंगेघारी बस्ने ४६ वर्षीय बिरबहादुर चौहानले धारिलो हतियारले घाँटीमा प्रहार गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको  जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जनाए ।  हतियार प्रहार गरी बिरबहादुर फरार भएपछि जुकेखाडी जंगलमा लुकिछिपी हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको डिएसपी चन्दले बताए ।  उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान सुरू गरिएकाे प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]