

विराटनगर/विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा ६५ वर्षीया मालादेवी साहको सोमबार मृत्यु भएपछि परिवार र आफन्तले विरोध प्रदर्शन गरेका छन्। उनीहरू अस्पतालको हेलचेक्र्याइँले मृत्यु भएको भन्दै आक्रोशित भएका छन्।
मृतकका आफन्तले उपचारका क्रममा विशेषज्ञ चिकित्सकहरू उपलब्ध नगराएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। उनीहरूको विरोधपछि अस्पतालमा केही समय तनाव उत्पन्न भएको थियो।
विराटनगर महानगरपालिका–७ निवासी साहलाई केही दिनअघि लडेर घाइते भएपछि आइतबार अस्पतालमा भर्ना गरिएको थियो।
विरोधका बीच अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले मृतकका आफन्तलाई अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको सेवा उपलब्ध रहेको बताएका छन्।