ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसमा बढ्दो आकांक्षी

Logo
राजेश कुमार सरदार थारु / ग्रामथान प्रकाशित सोमबार, आश्विन २८, २०८१

ग्रामथान / सरकारले यही आउँदो २०८१ मङ्सिर १६ गतेका दिन स्थानीय निकायको उपनिर्वाचन को मिति तोकेको छ।

स्थानीय उपनिर्वाचनको मिति नजिकैदै गर्दा नेपाली कांग्रेस भित्र ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बढ्दो आकांक्षीहरू देखिएका छन् । नेपाली कांग्रेस ग्रामथान गाउँपालिका कार्यसमितिले छिट्टै कम्तीमा तीनजना उम्मेदवारको नामावली क्षेत्र, जिल्लामा पठाउनुपर्ने हुन्छ। तर ग्रामथान कार्यसमितिलाई उम्मेदवार छान्न सकस भएको छ।

नेपाली कांग्रेस ग्रामथान कार्यसमितिका सभापति तुलसी किरण विश्वासको अनुसार कम्तिमा १७ जना
ले अध्यक्ष पदमा दाबी गरेका छन्। ग्रामथान गाउँपालिका सातवटा वडामा विभाजन भएको छ। जसअनुसार प्रत्येक वडाबाट उम्मेदवारका आकांक्षीहरू देखिएका छन्। गाउँपालिकाको अध्यक्ष पदमा क्रमश वडा नं १ बाट हजारीप्रसाद चौधरी, सविता माझी वडा नम्बर २ बाट बलराम सरदार थारु, चन्दन चौधरी, प्रकाश माझी वडा नम्बर ४ बाट सत्यनारायण भगत, राजेश माझी, एकाराम माझी, बादल माझी, सुवास गच्छदार, ज्योतिष गच्छदार रहेका छन् । सत्यनारायण भगत २०६५ सालको पहिलो संविधानसभा को चुनावमा पराजित उम्मेदवार हुन्।

सुभाष गच्छदार पूर्व मेयर जयप्रकाश गच्छदारका पिए थिए भने ज्योतिष गच्छदार छोरा हुन्। त्यसैगरी वडा नम्बर ५ बाट किरण तुलसी विश्वास, फूलकुमारी चौधरी, भूखनी देवी माझी र शेखर विश्वास रहेका छन्। वडा नम्बर ६ बाट उषादेवी चौधरी र वडा नम्बर ७ बाट सूर्यनारायण माझी रहेका छन् ।

तर अध्यक्ष पदका उम्मेदवारका आकांक्षीहरू बीच कार्यक्रम गरी एउटा साझा सहमति पनि भएको छ। पार्टीले टिकट दिएर पठाएको व्यक्तिलाई जसरी पनि जिताएरै छाड्ने संकल्प गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]