झिलझिले बजारमा जुवाको खालबाट १२ जना पक्राउ, ५ लाख रुपैयाँ बरामद

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन २९, २०८१

बिराटनगर/झापाको झिलझिले बजारस्थित सगरमाथा होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार सोमबार राति प्रहरीले छापा मार्दा करिब ५ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले जुवाको खालबाट नगद रकम बरामद गरेको र पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको जानकारी दिएको छ। यद्यपि, पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन।

यस घटनासँगै प्रहरीले अवैध जुवाको गतिविधिहरूलाई नियन्त्रण गर्न थप निगरानी बढाएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]