नेपाली कांग्रेस मोरङ प्रदेश ४ ‘१’ का सभापति एकाराम माझीको निधन

Logo
राजेश कुमार सरदार थारु / ग्रामथान प्रकाशित बुधबार, आश्विन ३०, २०८१

नेपाली कांग्रेस ग्रामथान प्रदेश ४ ‘१’ का सभापति एकाराम माझीको ४४ वर्षको उमेरमा आज निधन भएको छ। उनी काङ्ग्रेसका सक्रिय कार्यकर्ता थिए। यसअघि उनी कांग्रेस आबद्ध लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ मोरङ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति पनि भएका थिए।

उनको जन्म २०३७ सालमा भएको थियो। उनको जन्म ग्रामथान ४, पूर्व मोतीपुर गाविस सिङ्गिया अडगडा टोलमा भएको थियो। उनी हाल मोरङ नेताचोकमा बस्दै आएका थिए। उनी पेशाले पशु चिकित्सक पनि थिए । उनका श्रीमती र एक छोरा छन् । उनी नाताले नेपाली कांग्रेस प्रजातन्त्र सेनानी डम्बर नारायण चौधरीका ज्वाई हुन्।

उनको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको छ। हालै मङ्सिर १६ गते ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनमा अध्यक्ष पदका प्रमुख दावेदार मध्येका एक थिए।

उनको निधन आज बिहान ९ बजे नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा हृदय घातबाट निधन भएको हो कुरा प्रदेश ४ ‘१’ का सचिव निष्ठा विश्वासले जानकारी गराएका छन्। उनको दाह संस्कार लोहन्द्रा खोलाको घाटमा भएको थियो। दाह संस्कार गर्नु अघि गाउँपालिका परिक्रमा गराई नेताचोक हुँदै तेतरिया भएर लोहन्द्रा खोलामा दासंस्कार गरिएको थियो।

दासंस्कारमा एक हजार जति कांग्रेसी कार्यकर्ताहरु लगायत टोल छिमेकका मानिसहरू भेला भएका थिए । मोरङ क्षेत्र नम्बर ४ ‘१’ का सचिव निष्ठा विश्वासले जानकारी गराए अनुसार दाह संस्कारमा नेपाली कांग्रेस को झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली गरेका थिए।

उक्त दाह संस्कारमा मोरङ जिल्लाका कार्यबाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, पूर्वमन्त्री दिलिप गच्छदार, संविधानसभा सदस्य कविता सरदार, क्षेत्रीय सभापति विनोद बस्नेत, प्रदेश सांसद अमृत अर्याल, प्रदेश सांसद भीम पराजुली, संविधानसभा सदस्य वीरेन्द्र माझी, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, लगायत ग्रामथान गाउँपालिका भित्रका नेपाली कांग्रेसका भात्री संगठनका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]