खोटाङमा बोलेरो गाडी दुर्घटना, ६ जना घाइते

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, आश्विन ३०, २०८१

विराटनगर / खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका-१ कुभिण्डेमा मंगलबार एक बोलेरो गाडी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। च १ ज ५५८ नम्बरको बोलेरो गाडी नुनथला–ऐसेलुखर्क सडकखण्डमा अनियन्त्रित भई पल्टिएको हो।

डुम्रेधारापानीबाट सदरमुकाम दिक्तेलतर्फ गइरहेको गाडी दुर्घटनामा परेको खोटाङका प्रहरी निरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए। घाइतेहरुलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल खोटाङमा उपचारका लागि लगिएको छ। अस्पतालमा सबै घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]